हामी परिक्षण प्रसारणमा छौ



दाङ । पाकिस्तानको मुल्तानमा बुधबारदेखि हुने एसिया कप २०२३ का खेल दाङ तुलसीपुरमा निशुल्क हेर्न पाइने भएको  छ।
मुल्तान रंगशालामा एसिया कप क्रिकेटको उद्घाटन म्याच नेपाल र आयोजक राष्ट्रबीच भोलि हुँदैछ ।मुल्तान क्रिकेट रंगशालामा खेल सुरु हुनुअघि नेपाल र पाकिस्तानका राष्ट्रिय गान सहितको बिशेश प्रस्तुति हुने कार्यक्रम तय भएको छ ।नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरु हुनेछ।  
तुलसीपुरमा निशुल्क लाइभ हेर्न पाइने :
यसैगरी युथ्स अफ तुल्सिपुरको आयोजना तथा ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको sponsered मा ( भदौ १३ देखि ३० सम्म ) हुन गइरहेको एसिया कप खेल तुलसीपुरमा नि:शुल्क देखाउने भएको छ। तुल्सिपुरमा रहेको ड्रिम पार्टी प्यालेसमा प्रोजेकटरको माध्यमबाट खेल लाईभ हेर्न सकिने युथ्स अफ तुल्सिपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनु भयो l

एसिया कप को खेल अवधिभर वर्ल्डलिंकका  का सम्पुर्ण ग्राहकलाई तुलसीपुर बिपि चोकमा रहेको Burger House And Chicken Station  मा ११ प्रतिशत छुट अफर रहेको worldlink का sales Supervisor सुरेश थापाले जानकारी दिनु भयो।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार, ,  १० : ३६ बजे

प्रतिक्रिया दिनुहोस्