हामी परिक्षण प्रसारणमा छौ



दाङ । पाकिस्तानको मुल्तानमा आज बुधबारदेखि हुने एसिया कप २०२३ का खेल सल्यानमा निशुल्क हेर्न पाइने भएको  छ।

मुल्तान रंगशालामा एसिया कप क्रिकेटको उद्घाटन म्याच नेपाल र आयोजक राष्ट्रबीच आज हुँदैछ। मुल्तान क्रिकेट रंगशालामा खेल सुरु हुनुअघि नेपाल र पाकिस्तानका राष्ट्रिय गान सहितको बिशेश प्रस्तुति हुने कार्यक्रम छ । नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरु हुनेछ।  

यसैगरी शारदा नगरपालिकाले श्रीनगरमा जडान गरेको डिजिटल डिस्प्लेबाट नेपाल र पाकिस्तान विच आज हुने खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । डिजिटल डिस्प्लेबाट खेल लाईभ हेर्न सकिने शारदा नगरपालिका का प्रेस संयोजक योगराज बिश्वकर्माले जानकारी दिनु भयो l

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार, ,  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्