हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।नेकपा माओवादी केन्द्रले सल्यानका १० वटा  पालिकाकामा रहेका ८३ वटै वडाहरुमा तीन महिने संगठन निर्माण एवं विस्तार (जनतासँग माओवादी ) अभियान २०८० लाई भब्य बनाउन तीब्र रुपमा लागेको छ । 

तिन महिने अभियान तिब्र बनाउनका लागि अभियानको  जिम्मेवारी पाएर खटिनुभएका पार्टीका केन्द्रिय सदस्य तथा  बिषेश अभियानको सल्यान इन्चार्ज नरेश भण्डारी यतिबेला सल्यानका विभिन्न पालिका तथा वडा वडामा खटिनु भएको छ । 
पार्टीको निर्देशन र निर्णय अनुसार ३ महिने अभियानलाई कसरी सल्यानभर सफलतापूर्व सम्पन्न गर्ने भन्ने बिषयमा पालिका तथा वडा वडामा रहेका पार्टीका जिम्मेवारी पदाधिकारीहरुसँग आफु दैनिक जसो छलपलमा रहेको अभियान इन्चार्ज नरेश भण्डारीले जानकारी दिनु भयो।

पार्टीको तीन महिने अभियानलाई आम समुदायसम्म पुर्याउन र पार्टीले संचालन गर्ने संगठन सुदृढीकरण, भ्रष्टाचार विरुद्धको अभियान, मिटर ब्याजी पिडितहरुलाई न्यायदिलाउने सरकारको कदमलाइ सहयोग गर्ने अभियान र भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी, तथा अब्यबस्थित वस्ती बसोवासी समस्या समाधान गर्न अभियान संचालन लगायतका अभियानलाई व्यापक बनाउने पार्टीले तयारी गरेको माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुनले जानकारी दिनु भयो।

यस अभियानमा स्थानीय सञ्चार जगतलाई समेत सँगै लिएर अगाडि बढ्ने पार्टीको निर्णय भएको र आफुहरु सोही तयारीमा जुटेको नेकपा माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुनले जानकारी दिनुभयो । 
तालिकामा हेर्नुहोस्

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार, ,  १२ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्