हामी परिक्षण प्रसारणमा छौ



दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान  आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक डिल्ली बहादुर बस्नेतले जानकारी दिनु भयो ।

आगलागीको कारण अझै नखुलेको भएपनी बिधुत सटकै कारण हुन सक्ने मिल सञ्चालक बस्नेतको भनाइ छ।आगलागी बारे आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताउनु भयो । आगलागी भएको खबर पाएलगत्तै स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज विहान मात्र आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आगो पुर्णरुपमा नियन्त्रणमा लिन झन्डै साढे ४ घण्टा लागेको बताएको छ । आगलागीबाट झन्डै दुई करोडभन्दा बढी क्षति भएको अनुमान गरिए पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार, ,  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्