रुकुम ।सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि औपचारिक रूपमा तीन महिने विशेष रुपान्तरण अभियान सुरु गर्ने भएको छ ।
आज देशभरका ७ हजार २४३ वडाबाट एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा आज रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पनि केन्द्र र प्रदेश स्तरका नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ ।

आज देशभरका ७ हजार २४३ वडाबाट एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ को लागी रुकुम पश्चिमको त्रिवेणीमा सम्पूर्ण तयारी पुरा गरेको माओवादी केन्द्रले जनाएको छ।
जसअनुसार केन्द्रिय सदस्य तथा पालिकाको अभियान इन्चार्ज रत्नबहादुर वली त्रिवेणीको -६ नम्बर वडामा हुने विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरेको छ। अन्य वडा इन्चार्जहरुलाई समेत जाने वडाहरु तोकिएको छ ।
अभियानका क्रममा जनताको घरघरमा जाने र जनता तथा नेता कार्यकर्ताका कुरा सुन्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका अभियान इन्चार्ज रत्न बहादुर वली (तुफान)ले जानकारी दिनुभयो।

रुकुम पश्चिमको त्रिवेणीमा आज वडा वडामा हुने कार्यक्रमका लागी सम्पूर्ण तयारी पुरा गरेको माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गनेश बहादुर खड्का ले जानकारी दिनु भयो । खड्का का अनुसार आज हरेक वडामा स्थानीय कला संस्कृति झल्किने लहरे,आमा समुहको विशेष प्रस्तुति समेत रहने छ।
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका अभियान इन्चार्ज रत्न बहादुर वली (तुफान)का अनुसार पालिकाका १० वटै वडामा केन्द्र,प्रदेश,जिल्ला तहका नेताले वडामा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।आज वडामा सम्बोधन गर्ने नेता र वडा हेर्नुहोस् :
१.श्रीकुमार कठायत
२.गोपाल सिंह केसी
३. गनेश केसी
४.गोपेस्वर केसी
५.कबिराम केसी
६.रत्न बहादुर वली
७.कर्ण बहादुर खड्का पार्टी
८.गनेश बहादुर खड्का
९.निम बहादुर बुढाथोकी
१०.अतिराम बिष्ट
Error generating audio.