हामी परिक्षण प्रसारणमा छौ



सल्यान। सल्यान बागचौर नगरपालिका -७ कोटबारामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बाँफुखोला देखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५४१ नम्बरको बस आइतबार बिहान करिब साढे १० बजेतिर एक्कासि खाडलमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

बागचौर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ज्ञान बहादुर  वली (माइकल)ले उक्त बसमा ३० जना यात्रु रहेकोमा ९ जना घाइते भएको जानकारी दिनु भयो। उहाँका अनुसार घाइते ९ जना मध्य बागचौर नगरपालिका वडा नम्बर ६ का रन्जना चन्द र राम बहादुर वलीलाई अलि बढी चोट लागेको छ ।

अहिले घाइतेहरुको बागचौरस्थित जनप्रिय पोलिक्लिक लगायत अन्य स्वास्थ केन्द्रमा उपचार भइरहेको छ । घाइतेहरु सबैलाई उद्धार गरेर एम्बुलेन्समार्फत् बागचौरमा रहेका पोलिक्लिनिकमा उपचारका लागि लगिएको ७ नम्बर वडा अध्यक्ष प्रेमबहादुर डाँगीले जानकारी दिनुभयो।

यसैगरी बसका चालक दाङकाे तुलसीपुर उपमहानगरपालिका -५ बस्ने ४७ वर्षिय नरेन्द्र बिक फरार रहेको प्रहरीले जनाएको छ। गाडी सडकमै पल्टिएकोले ठुलो दुर्घटना हुनबाट जोगिएको बसमा सवार एक यात्रूको भनाइ रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार, ,  १२ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्