हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचाैर नगरपालिका वडा नम्बर १ ले क स्थानीय लाखे नाच संगै कला संस्कृति संरक्षणमा चासो देखाएको छ।

यसैअनुरुप वडाको आर्थिक सहयोग र स्थानीय युवाहरुको सक्रियतामा यो बर्ष बागचौर नगरपालिकाका विभिन्न ठाउँहरुमा प्रस्तुत गरिएको लाखे नाच आज एक कार्यक्रम बिच कोटबेतमा समापन गरिएको छ। आज कोटबेत नजिकैको परापूर्बकालमा रहेको दरबार क्षेत्र नजिकै पर्यटन मेला आयोजना गरि समेत गरिएको छ ।

निष्क्रिय अबस्थामा रहेको बागचाैर नगरपालिका वडा नम्बर १ कोटबेतको लाखे नाच संरक्षणका गर्नुको साथै यस क्षेत्रको स्थानीय पर्यटनको नयाँ गन्तव्य बनाउन वडाले मेला आयोजना गरेको वडावअध्यक्ष गंगाराम बस्नेतले जानकारी दिनु भयो ।

यस्तै बागचाैर नगरपालिका वडा नम्बर १ ले कोटबेत दरबार क्षेत्रलाई समेत पर्यटकीय स्थलका रुपमा सबैसामु चिनाउने योजना अगाडि सारेको छ ।

सुन्दर प्राकृतिक दृश्याअवलोकन गर्न, होमस्टे संचालन गर्न, कोटबेत – कुमाख पदमार्गको विकास गर्न, पिकनिक स्थलको रुपमा विकास गर्न, विशेष गरि बाइसे चौबिसे राज्यका राजाको बारेमा पछिल्लो पुस्तालाई अवगत गराउने समेत वडा नम्बर १ ले योजना बनाएको वडा अध्यक्ष बस्नेतले बताउनु भयो । तस्वीर : बामदेव केसी

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार, ,  ९ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्