हामी परिक्षण प्रसारणमा छौ



दाङ । बाँकेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । कोहलपुरको शमशेरगञ्जमा राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनु भयो ।

डीएसपी डाँगीका अनुसार दाङको चखौराबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो । 

दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको बाँके प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

बसमा ४१ जना सवार थिए । बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार, ,  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्