हामी परिक्षण प्रसारणमा छौ



दाङ । नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एकजना सरकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै अर्का एक कर्मचारी फरार भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिएको हो। 

विमानस्थल प्रहरीकाअनुसार सापकोटा बिहानको ८ः ४५ बजेको श्री एयरको उडान मार्फत नेपालगञ्जदेखी काठमाडौं जाने तरखरमा थिए। चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली  २६ लाख रुपैयाँ बरामद भएको हो।बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यसैगरी चेकजाँज गर्ने क्रममा दीपक पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ। फरार पौडेलको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार, ,  ११ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्