हामी परिक्षण प्रसारणमा छौ




काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

हृदयघात भएसँगै नेम्वाङलाईपरिवारले बालुवाटार निवासबाट तत्काल त्रिवि शिक्षण अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेको पारिवारिक स्रोतले बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएर एमाले संसदीय दलका उपनेता समेत बन्नुभएको थियो । 

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख,यस्तै, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष बन्नु भएको थियो  ।

यसैगरी विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बन्नुभएका  नेम्वाङ त्यसपछि पुनः राष्ट्रियसभा सदस्य बन्नुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित नेम्वाङ संविधानसभा निर्वाचन २०६४ र २०७० समेत इलाम २ बाट नै निर्वाचित हुनुभएको थियो। यस्तै प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो।   

राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायी रहेर काम गर्नुभएका उहाँले विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री, सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री समेत हुनुभएको थियोे ।

नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पनि अस्पताल पुग्नु भएको छ । 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार, ,  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्