सल्यान । सल्यानको बागचौर नगरपालिका-१२,बाँफुखोलामा ५९ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न भएको छ ।
“बालबालिकामा लगानी, सुनिश्चित भबिष्यको थालनी” भन्ने मुल नाराका साथ नगरको १२ नम्बर वडाको आर्थिक सहयोगमा श्री दुर्गा सरस्वति माबिले आयोजना गरेको बिभिन्न कार्यक्रम गरि बाल दिवस कार्यक्रम सम्पन्न भएको हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष नोखिराम डाँगिको अध्यक्षता एवम् बागचौर नगरपालिका १२ नम्बर वडा अध्यक्ष टिकाराम ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओलीले बालबालिकाको क्षेत्रमा लगानी गरे त्यसबाट भबिस्यमा राम्रो प्रतिफल आउने बताउनु भयो।
त्यस्तै अध्यक्ष ओलीले बालबालिका भनेका भोलिका कर्णधार भएकाले सबैले बालबालिकालाई सिर्जनात्मक कार्यमा समेत लगाउन जरूरी रहेको बताउनुभयो ।
सो अवसरमा कार्यपालिका सदस्य तथा कार्यक्रमको बिशिस्ट अतिथि रेखा कुमारी डिसि,अन्य अतिथिहरु मनबहादुर वली, बहादुर वली, हिरा बि क, धनबहादुर वली, सेतीराम वली, चित्र बहादुर वली, भिम प्रकाश वली लगायत व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको विद्यालयका प्रअ नेव बहादुर वलीले जानकारी दिनु भयो ।

Error generating audio.