हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा भैंसीलाई घाँस काट्न गएका एकजना पुरुषको भीरबाट खसेर मृत्युु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर-१ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो ।

बिहान ६:३० बजे घरदेखि नजिकै घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसी कामीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् ।

अहिले घटनास्थलमा प्रहरी चौकी बालुवासंग्रही र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ ।

फाइल तस्वीर

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार, ,  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्