हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिनुभएको छ। नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएको मुख्यमन्त्री कार्कीले शनिबार आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको हो ।

लगतै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाउनुभएको थियो । प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम गर्न तथा जातीय, धार्मिक एवं सास्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भनेर विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिएको प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार, ,  ५ : ११ बजे

प्रतिक्रिया दिनुहोस्