हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत। हर्रे तरकारी उत्पादनकाे हव हैन बिक्री केन्द्रकाे हव बनाउने कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनुभएको छ।

मन्त्री शर्माले छिन्चु महिला साना किसान कृषि सहकारी संस्थाकाे १२ औं साधारणसभाकाे उद्धघाटन समारोहलाई सम्बाेधन गर्दै कर्णाली प्रदेश सरकारले कृषि उपजकाे बजारीकरण गर्न सल्यानकाे कपुरकाेट र सुर्खेतकाे हर्रे कृषि उपजकाे बिक्री केन्द्रकाे हव बनाउने बताउनु भएको हाे।
अहिले हर्रे र कपुरकाेट बाट तरकारी उपजकाे बिक्रीवितरण गर्ने प्रकृयालाई ब्यबस्थित गर्न प्रदेश सरकारले विषादी परिक्षण प्रयाेगशाला सञ्चालन गरि कर्णालीमा बिषादी युक्त तरकारी अायतमा न्युनिकरण गर्दै जाने जिकिर गर्नुभयो ।
कर्णालीमा अहिलेसम्म बार्षिक कृषि उपजकाे तथ्यांक ब्यबस्थापनकाे हुन नसकेकाले सल्यानकाे कपुरकाेट र सुर्खेतकाे हर्रेबाट कृषि उपजकाे वास्तविक तथ्यांक संकलन गर्ने प्रदेश सरकारले याेजना अगाडि बढाएको बताउदै केही समयमा यसकाे ब्यबस्थापन गरिने बतनउनु भयो ।

उहाँले भन्नुभयो कृषि उपज संकलन केन्द्र निर्माण गर्ने उदेश्यले निर्माण गरेका कृषि उपज संकलन केन्द्र प्रयाेग बिहिन भएकोले प्रयाेगमा ल्याई कृषि उपजकाे बजारीकरण गर्न सहकारी र स्थानीय सरकार तयार भए प्रदेश सरकारले कृषि उपज बजारीकरणमा लगानी गर्न तयार भएको बताउनुभयो ।

किसानले कृषि उपज बिक्री भएन भन्ने गुनासो मेटाउन प्रदेश सरकारले बजारीकरणमा उत्पादनका अाधारमा अनुदान सहयोग गर्ने नीति अगाडि सारेकाले सहकारीले किसानले उत्पादन गरेका कृषि उपज बिक्री गर्ने प्रतिबद्धता गर्नु पर्ने बताउनुभयो।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार, ,  १ : ०० बजे

प्रतिक्रिया दिनुहोस्