हामी परिक्षण प्रसारणमा छौ



दार्मा गाउँपालिका सल्यानले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । दशैँ र तिहारको अवसरमा शुभकामना आदानप्रदान गर्न यस्तो कार्यक्रम को आयोजना गरिएको हो ।
कार्यक्रमका अवसरमा दार्मा गाउँपालिकामा जन्मभूमि भई देशका विभिन्न क्षेत्र,जिल्ला र पालिकामा कार्यरत नयाँ सिफारिस राष्ट्रसेवक कर्मचारीहरुलाई विशेष बधाई र थप प्रगतिको शुभकामना सहित गाउँपालिकाको तर्फबाट हिजो सम्मान पत्र प्रदान गरिएको छ।

कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड का स्वकीय सचिव रमेश मल्लले उपस्थितहरुलाई विशेष सम्बोधन र शुभकामना दिनुभएको थियो ।

सम्मानित हुनेहरुमा भौतिक पूर्वाधार मन्त्रालयका शाखा अधिकृत मार्शल वली,कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत क्रमशःभरत वली र खुमबहादुर केसी,कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्मा,डा. मुकेशबाबु चन्द,कुमाख गाउँपालिका सल्यानका नि. प्रमुख प्रशासकीय अधिकृत छविलाल खड्का लगायतका रहनुभएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार, ,  १२ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्