हामी परिक्षण प्रसारणमा छौ



सल्यान । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भुकम्पको धक्काले केहिदिन अघि सल्यान दार्मामा समेत निकै ठुलो क्षति पुराएको छ। भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन कालिकोटबाट आफ्नो पार्टीले २० जना स्वयंसेवक पठाएको माओवादी केन्द्रले जनाएको छ ।

कालिकोटबाट आउनुभएका २० जना स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका युवा नेता सुमन शाहीले गर्नुभएको छ।भुकम्पले गर्दा घर भत्किएका परिवारलाई सहजताका लागि आवास निर्माण सहयोग गर्न नेकपा (माओवादी केन्द्र ) कालिकोटले सुमन शाहीको नेतृत्वमा २० जना स्वयंसेवकलाई दार्मा पठाएको दार्मा गाउँपालिकाका अध्यक्ष  निम बहादुर केसी (अरुण)ले जानकारी दिनुभयो ।

मंसिर १३ गते बेलुका दार्मा ५ भालुखोला आएको उक्त टोलिले दार्मा गाउँपालिका ५ भालुखोलामा भूकम्प पीडितका २० वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य लिएको छ। दार्मामा अस्थायी आवास निर्माणका लागि सिङ्गो पालिका परिवारले सक्दो प्रयास गरिरहेको दार्मा गाउँपालिकाका अध्यक्ष  निम बहादुर केसी (अरुण)ले जानकारी दिनुभयो ।


प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार, ,  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्