हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी शुक्रबार दाङ आउने भएका छन् ।

फाल्गुन ७ मा प्रजातन्त्र दिवसको अवसर पारी राप्रपा दाङले घोराहीमा गर्नलागेको पार्टी समायोजन, पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका जिल्ला सहअध्यक्ष हंशराज केसीले जानकारी दिए ।

उनका अनुसार लोहनीले समायोजित दाङ जिल्ला कमिटीलाई एकिकृत पार्टीका गतिविधिबारे जानकारी दिनुका साथै पार्टीलाई जिल्लामा चलायमान बनाउन आवश्यक निर्देशन दिनेछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार, ,  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्