हामी परिक्षण प्रसारणमा छौ



सल्यान।श्री दुर्गा सरस्वती माध्यमिक विद्यालय बागचाैर नगरपालिका-१२,बाँफुखोलाको ४८ औं वार्षिकोत्सवमा नगर प्रमुख जनकराज गाैतम प्रमुख अतिथिको रुपमा सहभागी हुनु भयो ।

वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख गाैतमले विद्यालयले गुणस्तरीय शिक्षामा पुर्याएको योगदानको प्रशंसाका गर्नुका साथै शिक्षा क्षेत्रमा अझै राम्रो काम गर्न आग्रह गर्नुभयो । विद्यालयका समस्या समाधान गर्न पालिकाकाे तर्फबाट सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयमा विभिन्न खेलकुद कार्यक्रमहरूको आयोजना गरिएको छ। खेलकुद कार्यक्रममा बागचोर नगरपालिका वडा नं. ११ र वडा नं. १२ का सामुदायिक विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् ।

विद्यालयले वार्षिकोत्सवकाे अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ जना शिक्षक अभिभावक अध्यक्ष १ जना शिक्षकहरू ७ जना, विद्यालयको वार्षिक उत्सवको अवसरमा हुने विभिन्न प्रतियोगितामा आर्थिक सहयोग गर्ने ३७ जनालाई सम्मान गरेको थियो । त्यसैगरी कालू लिला एण्ड प्रेम बुद्धि स्मृति अक्षयकोष बाट ५ जना, हिरमान वली एण्ड पिम कुमारी वली स्मृति अक्षयकोष बाट ४ जना र प्रकाश लाल वली एण्ड कलि वली अक्षयकोष बाट ४ जना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. १२ का वडा अध्यक्ष, टीकाराम वलीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, विशिष्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, वडा नं. ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, कार्यपालिका सदस्य रेखा कुमारी डाँगी, शिक्षा शाखा प्रमुख चित्रा बस्नेत, वडा सदस्य, शिक्षक, बिद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, लगायत नगरवासीको सहभागीता रहेको थियोे । विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमकाे सहजीकरण विद्यालयका प्रधानाध्यापक नेव बहादुर वली गर्नुभएको थियोे ।

तस्वीरहरु : श्रवन देवकोटा

प्रकाशित मिति : १ पुस २०८०, आइतबार, ,  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्