हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त गौतमकाे विदाई गरिएको छ।

बागचाैर नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयमा मिति २०७९ असोज २ गतेदेखि २०८० पौष ११ गतेसम्म प्रमुख प्रशासकीय अधिकृतकाे पदमा रही कार्यसम्पादन गर्दै आउनु भएका अनन्त कुमार गौतमकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएकोले नगरपालिकामा विदाई तथा फेरि भेटाैला कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, वडा अध्यक्ष, इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा अन्य कर्मचारी, वडा सचिव, लगायतको उपस्थिति रहेको थियो ।


तस्बिर: सन्जीव देवकोटा श्रवण

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार, ,  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्