हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।सल्यानमा बृहत सल्यान महोत्सव २०८० सुरु भएको छ ।

बिहिवार देखि सल्यानको श्रीनगरमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले आर्थिक चलाएमानको मुख्य आधार महोत्सव बन्नुपर्ने  बताउनु भयो ।उहाँले शारदा नगरपालिका सल्यानले नगरवासीका कामलाई प्रभावकारी ढंगले छिटोछरितो गर्न सधै तत्पर रहेको बताउदै तत्कालै श्रीनगर बसपार्क निर्माण कार्यको थालनी गरिने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्ष हरिमाया कार्कीले,सल्यानको प्रतिष्ठानले महोत्सव संचालन गरेर नमुना काम गरेको बताउदै कर्णाली प्रदेशका ९ जिल्लामामा लोकदोहरी प्रतिष्ठान गठन भएको र प्रतिष्ठानले प्रत्येक जिल्लाका मौलिक कला साँस्कृतिक जगेर्ना गर्न लागि परेको बताउनु भयो ।

कार्यक्रममा शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा,राष्ट्रिय भुमी आयोग सल्यानका अध्यक्ष बिरबहादुर सेजवाल लगाएत दर्जन बढी अतिथिहरुले महोत्सवको सफलताको शुभकामना दिदै यसले सल्यानमा सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनु भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानको आयोजना ,शारदा नगरपालिका सल्यान संरक्षक,राष्ट्रिय संगीत कर्मी संघ जिल्ला शाखा सल्यानको समन्वय र नयाँ सोच युवा क्लब शारदा नगरपालिका-६, सल्यान सह-आयोजक रहेको,कार्यक्रममा विभिन्न मौलिक संस्कृती झल्किने झाकीहरु प्रदर्सन समेत गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान सल्यानका अध्यक्ष प्रेमनारायण विकको अध्यक्षता,प्रतिष्ठानका संयोजक मानबहादुर केसीको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रमको संचालन संस्थाका सचीव नोखिराम थापाले गर्नु भएको थियो ।

भोली चर्चित कलाकार टंक र कृष क्षेत्री आउने
यसैगरी आयोजकले भोलि आउने कलाकारको सुचि सार्बजनिक गरेको छ। जसअनुसार भोली चर्चित कलाकार टंक तिमिल्सिना, कृष क्षेत्री लगायत थुप्रै लोकप्रिय कलाकारले महोत्सवमा आफ्नो प्रस्तुति दिनुहुनेछ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार, ,  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्