हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर, १ माघ । तुलसीपुरमा प्लाष्टिक गोदाममा केहिबेर अघि आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय नजिकैको उक्त गोदाममा आगलागी भएको हो । 

तुलसीपुर ५ स्थित वडा कार्यालय छेउमा रहेकाे व्यवसायी तथा तुलसीपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रमोद सोनिको प्लाष्टिक गोदाममा भिसन आगलागीले लाखौंको क्षति भएको तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुप बहादुर खत्रीले जानकारी दिनुभयो ।

अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार, ,  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्