हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले बागचाैर नगरपालिका वडा नं. ३, ८ र ९ का विभिन्न ठाउँको भ्रमण तथा वडावासीहरु संग भेटघाट गर्नुभएको छ।

वडा नं. ८ का वडा अध्यक्ष सुशील जंग चन्द, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी लगायत जिल्लामा क्रियाशील पत्रकारसहितको टिमले बागचाैर नगरपालिका वडा नं. ३, ८ र ९ का विभिन्न ठाउँको भ्रमण तथा वडावासीहरु संग भेटघाट तथा छलफल गर्नुभएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै सुन्ताला उत्पादन हुने ठाउँ बागचौर नगरपालिका वडा नम्बर ३, ८ र ९ मा पर्ने गाउँघर तिर अहिले सुन्तलाले पहेलैं देखिन्छन् । यहाँका किसानलाई अहिले सुन्तला टिप्न भ्याईनभ्याई छ ।

झण्डै ५० वर्ष अघिदेखि सल्यानको काेटमौलामा सुन्तला खेती सुरु भएको मानिन्छ । अहिले यहाँका गाउँमा व्यवसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ । व्यावसायिक सुन्तला उत्पादनले यहाँका किसानको जीनवस्तर नै फेरिएको छ । खेती विस्तारसँगै यहाँका बासिन्दाले गाउँमै रोजगारी समेत पाएका छन् ।

बागचाैर नगरपालिका नगर प्रमुख गाैतमले सुन्तला सुन्तला जात फलफुल खेती गरिरहेका कृषकहरूको लागि आगामी वर्ष लक्षित कार्यक्रम संचालन गर्ने बताउनुभयो । सुन्तला किसानहरूले पनि विरुवा सुक्दै गएको र उत्पादनमा ह्रास हुँदै आएकोले नगर प्रमुख संग समाधानका लागि अनुरोध गरेका छन् ।

फाेटाे: सन्जीव देवकोटा श्रवण, खकेन्द्र के.सी, रुपलाल चलाउने ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार, ,  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्