काठमाडौं । दाङबाट पाँच जना प्रभावशाली ब्यक्तीहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
विप्लव निकट नेकपाका पुर्व नेता तथा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निबर्तमान अध्यक्ष खेमराज वली, सोही पार्टीमा लामो समय महत्त्वपूर्ण जिम्मेवारीमा काम गर्नुभएका ईश्वरी पाण्डे,गिद्द संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमाले निकट युवा नेता युवराज केसी र अक्षर सुधार अभियानका अभियन्ता हिमाल डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका गर्नुभएको हो ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा ऐतहासिक दिनमा पार्टीमा समाहित भएकोमा धन्यवाद दिंदै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो । प्रचण्डले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो क्रममा उहाँले पार्टी विधान र दस्तावेजहरुमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गर्नुभयो ।
त्यस्तै बर्दियाका युवा नेता एवं व्यवसायी मोहनलाल चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नयाँ शक्तिको जिल्ला अध्यक्षहुँदै नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसक्नुभएका चौधरी होटल संघ बर्दियाका अध्यक्ष पनि हुनुहुन्छ ।
कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेताहरु पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्त, शेषुराम भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

Error generating audio.