हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।जनता माध्यामिक विद्यालय रागेचौरको शिक्षक अविभावक संघको अध्यक्षमा डम्बर शाही चयन हुनुभएको छ।बुधबार पुर्व अध्यक्ष डम्बर रावतको अध्यक्षतामा सम्पन्न अविभावक भेलाले शाहीको नेतृत्वमा ११ सदस्यीय शिक्षक अविभावक संघ गठन गरेको हो ।

गत पौषमा कार्यकाल सकिएपनि पुरानै शिक्षक अविभावक संघकै नेतृत्वमा सामाजिक परिक्षण भएकाले सामाजिक परिक्षणको सार्वजनिक सुनुवाइ सहित कार्यक्रम गरिएको छ ।
समितिका सदस्यहरूमा विष्णु प्रसाद शर्मा, शेर बहादुर थापा, दल बहादुर विक, कौशिला राना, सर्मिला राना, उमा बुढाथोकी, रत्न बहादुर रावत रहनुभएको छ।

त्यस्तै विव्यस अध्यक्ष डिल्लीराज रावत, प्रधानाध्यापक अमर शाह र शिक्षक प्रतिनिधि खड्क बुढाथोकी पनि समितिमा सदस्य रहनुभएको छ ।सरस्वती पूजा सहित विहानैबाट शुरू भएको कार्यक्रममा स्कुल प्रवेश गरेका बालबालिकालाई अक्षरारम्भ, खेलाडी तथा पुरानो  विव्यस तथा शिक्षक अविभावक संघलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विव्यस अध्यक्ष डिल्ली राज रावतले अविभावक, शिक्षक तथा स्थानीयको सहकार्यमा काम गर्ने जनाउदै सहयोगी सबैलाई धन्यवाद दिनुभयो।
कुमाख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपक चन्दले सामाजिक प्रतिवेदनमा शीर्षक अनुसार खर्च नभएकोले त्यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।प्रतिवेदनमा उठेका विषयमा प्रधानाध्यापक अमर शाह र लेखापाल जीवन रानाले प्रष्ट पार्नुभएको थियो।

दर्जनौं बालबालिकाले अक्षरारम्भ गरेपछि भएको कार्यक्रममा विद्यालयबाट विदाई भएर जाने शिक्षक सुकदेव थापा र आउने ओपेन्द्र बुढाथोकीलाई विदाई तथा स्वागत गरिएको छ । कार्यक्रमको सहजिकरण शिक्षक नन्दराम भारतिले गर्नुभएको थियो ।  

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार, ,  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्