हामी परिक्षण प्रसारणमा छौ



सल्यान।नेकपा (एमाले) सल्यानको अधयक्षमा भिमबहादुर सेन विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित हुनुभएको हो। पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ ।

उपाध्यक्षमा १९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी हुनु भएको छ। उहाँका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७ मत ल्याउनु भएको छ । सचिवमा १७३ मतका साथ पुष्पा बुढाथोकी निर्वाचित बन्नुभएको छ। उहाँका प्रतिस्पर्धी दिपेन्द्रप्रकाश डिसीले १ सय ४३ मत पाउनु भएको छ ।

उपसचिवमा गणेशमान सिंह १८० मतका साथ विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी गन्जमान बुढाले ११३ र महेश देवकोटाले १४ मत ल्याउनु भएको छ। महिला उपसचिवमा सनशिलता वली डिसी १७३ मतका साथ विजयी हुँदा उहाँको प्रतिस्पर्धी बुद्धकुमारी खत्रीले १४१ मत ल्याउनु भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पर्शुराम वलीले जानकारी दिनुभयो। 

निर्वाचन अधिकृत पर्शुराम वलीका अनुसार जिल्ला कमिटिका सदस्य लगायत ५८ पदमा जना निर्विरोध चयन हुनुभएको छ । २५ पदका लागि ४६ जना उम्मेदवारको प्रतिस्पर्धा भएको थियो ।


प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार, ,  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्