हामी परिक्षण प्रसारणमा छौ



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ ।
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजनीनामा दिनुभएको हो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।

आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछि विश्वासको मत लिने योजनाबाट पछि हट्दै संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिनुभएको हो।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार, ,  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्