हामी परिक्षण प्रसारणमा छौ



दाङ । सडक स्तरोन्नती हुन थालेपछि दाङ–सल्यान राप्ती राजमार्ग दैनिक आजबाट ८ घण्टा बन्द हुने भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सडकखण्डमा ब्याक कटिङको काम हुने भएकोले सोमबारदेखि बैशाख १६ गते सम्म बन्द हुन लागेको हो ।

दिउँसो १२ बजेदेखि अपराहन्न ४ बजे सम्म र राति ९ बजेदेखि राती १२ बजेसम्म बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी साना सवारी साधनको लागि बैकल्पीक बाटोको रुपमा पैयाखोरिया सातवास-किमुचौर हुँदै कपुरकोटको बाटो प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार, ,  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्