हामी परिक्षण प्रसारणमा छौ



सल्यान। सल्यान जिल्ला व्याडमिन्टन संघ सल्यानकाे तेस्राे अधिवेशनबाट सल्यान जिल्ला ब्याटमिन्टन संघको अध्यक्षमा हिमाल याेगी चयन हुनुभएको छ।

अधिवेशनवाट हिमाल याेगीकाे अध्यक्षतामा १५ सदस्य कार्यसमिती गठन गरियकाे छ।जस्काे उपाध्यक्षमा भिम वली,नेव वहादुर रावत,कमल घर्ती र टेकराज शाही चयन हुनुभएको छ। यस्तै सचिव विस्वनाथ सिंह,काेषाध्यक्ष ज्याेती सुनार र सदस्यहरु प्रभात कुमार श्रेष्ठ,पदम देवकाेटा चयन हुनुभएको छ। अन्य सदस्य पछि थपिने नवनिर्वाचित अध्यक्ष हिमाल योगीले सल्यानन्युजलाई जानकारी दिनुभयो।

यसैगरी आज सम्पन्न तेस्रो सम्मेलनले दिपक वुढाथाेकिकाे संयाेजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेकाे छ।जसको सदस्यमा डम्बर केसी,रण बहादुर खडका,विरेन्द्र श्रेष्ठ र पुस्कर बस्नेत रहनु भएको छ।

संघका केन्द्रीय उपाध्यक्ष मान वहादुर मल्लकाे प्रमुख आतिथ्यता एवं जिल्ला खेलकुद विकास समिती सल्यानका अध्यक्ष खडक आचार्यको विशिष्ट आतिथ्यतामा सम्मेलन भएको थियो । अतिथीहरु दिपक वुढाथाेकी,पुष्कर वस्नेत,ज्याेती सुनारकाे विशेष उपस्थितीमा सल्यान जिल्ला व्याडमिन्ट संघ सल्यानका कार्यबहाक अध्यक्ष गुमान सिंह वस्नेतकाे अध्यक्षता भएको उक्त कार्यक्रमको सहजीकरण सचिव हिमाल याेगीले गर्नुभएको थियाे।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार, ,  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्