हामी परिक्षण प्रसारणमा छौ



सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दार्मा गाउँपालिकाको भवन उद्घाटन गर्न सल्यान आउनुहुने भएको छ। 


हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड सल्यान दार्मामा बिहान १० बजे आउने कार्यक्रम तय गरिएको छ। दार्मा गाउँपालिकाको वडा नं. ३ फारुला चौरमा निर्मित नयाँ प्रशासनिक भवन उद्घाटन गरेसंगै प्रधानमन्त्री प्रचण्डले खुला सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो।

कति लागतमा निर्माण सम्पन्न भयो नयाँ भवन!
कुल लागत ७ करोड ८ लाख ५२ हजार बढीको नयाँ प्रशासनिक भवन ४ करोड ६५ लाख ७ हजार ८४३ रुपैयाँमा टेन्डर भइ धुलिखेल निर्माण कम्पनीले कम्पनीले काम सुरु गरेको थियो।

प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीका अनुसार साढे २ तले भवनको २०७८ असार २५ गते निर्माण सुरू भई यही वैशाख १० गते निर्माणको सम्पूर्ण काम पूरा भएको हो।अपांगमैत्री रहेको उक्त नयाँ भवनमा २४ कोठा रहेक छन्।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार, ,  ६ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्