हामी परिक्षण प्रसारणमा छौ



 

सल्यान। कुमाख गाउँपालिका रागेचौर सल्यानमा रहेको जनता माध्यमिक विद्यालयले यहि जेठ ४ गते आफ्नो ४३ औं वार्षिकोत्सब मनाउने भएको छ । कुमाख गाउँपालिका –३, रागेचौरमा रहेको जनता मा.विले ४२ बर्ष पुरा गरी ४३ बर्षमा प्रवेश गरेको अवसरमा बार्षिकोत्सव मनाउन लागेको हो । २०३८ साल जेठ ४ गते स्थापना भएको विद्यालयले धेरैपछि जेठ ३ र ४ गते २ दिन बार्षिक उत्सव मनाउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिनुभयो ।


२ दिन सम्म मनाइने बार्षिकोत्सवको पहिलो दिन जेठ ३ गते आधारभूत तह १ –५ जेरी दौड र ६ –८ अन्तर सदनात्मक हाजिरी जवाफ र चम्चा दौड प्रतियोगिता राखिएको छ । त्यस्तै सोहि दिन माध्यमिक तह ९ –१२ अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिताका साथमा अन्य प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम गरिनेछ ।
   

दोस्रो दिन जेठ ४ गते साँस्कृतिक झाँकी तथा नाचगान, वार्षिक परीक्षाको पुरस्कार वितरण, छात्रवृत्ति वितरण र अक्षय कोषको पुरस्कार वितरण जस्ता कार्यक्रम गरिनेछ । प्राविधिक धारतर्फ ९ कक्षा देखि १२ कक्षा सम्म थप बालीविज्ञान समेत पढाइ हुने विद्यालयले यसबर्षदेखि प्राथमिक तहका कक्षाहरूमा गणित विषयलाइ अग्रेजी माध्याम बनाएको छ भने यस अघि कक्षा ११, १२ मा लिइदै आएको भर्ना तथा शिक्षण शुल्कमा छुट गर्ने निर्णय गरेको छ ।
        

  अव्यवस्थित रुपमा रहेको कक्षा १–५ को कक्षालाई पाल्लोचौरमा रहेको सुविधा सम्पन्न भवनमा सार्ने गरी तयारी भैरहेको जनता माविमा खेल्दै सिक्दैको माध्यामबाट शिक्षण गरिनुका साथै प्राविधिक शिक्षालाई प्राथामिकतामा राखिएको छ । त्यस्तै कृषि तथा बालिविज्ञान चलेकोले विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि विद्यालयले आधुनिक कृषि फर्म निर्माण गर्न प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार, ,  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्