हामी परिक्षण प्रसारणमा छौ



दार्मा गाउँपालिकाले सल्यानका दुई वटा घटना पिडित टुहुरा तथा सहाराविहिन बालबालिकालाई राहत प्रदान गरेको छ । आज दार्मा गाउँपालिका का जनप्रतिनिधि एवम् कर्मचारी सहितको टोली पिडितकै घरमा पुगेर राहत वितरण गरेको हो । राहत अन्तर्गत प्रति परिवार ५० हजार र खाद्यान्नका सामग्री रहेका छन् ।

दार्मा गाउँपालिका स्थानीय विपद् कोषबाट ४० हजार र दार्मा गाउँपालिकाका जनप्रतिनिधि/कर्मचारी/शिक्षक हरुले स्वेच्छिक सहयोग उठाएको ६० हजार नगद र खाद्यान्न सामाग्री बनगाड नगरपालिका ४, देउली/गर्चे र सिद्धकुमाख गाउँपालिका ४, सागिनेमा पुगेर घटना पिडित बालबालिकालाई उक्त वडाका अध्यक्षको रोहवर तथा पालिका प्रमुख/उपप्रमुखको उपस्थितिमा सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो ।

गत वैशाख ३० मा जिल्लाको बनगाड नगरपालिका ४ र यहि जेठ १ गते सिद्घकुमाख गाउँपालिका ४ मा एउटै प्रकृतिका घटना घटेका थिए । घटनामा पहिला श्रीमतीको हत्या गरेर लोग्ने आफैले आत्महत्या गरेका थिए ।

राहत प्रदान गर्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसी ले भन्नुभयो -“यो सानो सहयोगले अनाथ बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।”
उहाँले पिडित बालबालिकालाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार, ,  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्