हामी परिक्षण प्रसारणमा छौ



सल्यान । शारदा नगरपालिका -२,सल्यान खलंगामा बन्न लागेको खानेपानी ट्याङ्कीको नगर प्रमुख प्रकाश भण्डारीले शिलान्यास गर्नुभएको छ।

खलंगा शितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निर्माण गर्न लागेको ट्याङ्की ५० हजार लिटर क्षमताको रहेको छ । उक्त शिलान्यास कार्यक्रममा संस्थाका अध्यक्ष केशब बुढाथोकी लगायत संस्थाका पदाधिकारी र स्थानीयहरुको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार, ,  ११ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्