हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । दाङको तुलसीपुरमा बाघको आक्रमणबाट तिन जना महिला घाइते हुनुभएको छ।

बाघको आक्रमणबाट घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४५ वर्षीया कमला केसी, सोही ठाँउकी ५२ वर्षीया सिता कुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।


उहँका अनुसार तुलसीपुर–९ मा रहेको नव दुर्गा सामुदायीक वनमा च्याउ खोज्न गएको अवस्थामा आज सोमबार बिहान साढे ६ बजेको समयमा उनीहरुलाई बाघले आक्रमण गरेको हो । प्रहरी निरीक्षक थापाका अनुसार बाघको आक्रमणबाट घाइते भएका तिन जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार, ,  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्