हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्ष पदमा भएको निर्वाचनको अन्तिम परिणाम आएको छ ।


संगठनको बागचौरमा आज सम्पन्न १९ औ जिल्ला सम्मेलनमा अध्यक्षका उम्मेदवार गणेश ओली निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गणेश ओलीले २३ मत ल्याएर बिजयी बन्नुभएको हो।उहाँको प्रतिस्पर्धी कमल सापकोटा १७ मत ल्याएर पराजित हुनुभएको छ। ४० जना जिल्ला कमिटी सदस्यले अध्यक्षमा मतदान गरे पनि अन्य पदमा भने सर्बसम्मत  चयन गरिएको संगठनका निबर्तमान अध्यक्ष रमेश बिसीले जानकारी दिनुभयो । 

जसको उपाध्यक्षमा यशोदा आचार्य, रन्जित भडेल, राजेन्द्र परियार, खुमा पुन मगर,सचिवमा ललित केसी, सह-सचिवमा लोकराज सुनार, नवराज केसी, प्रविण घर्ती र कोषाध्यक्षमा निशान रोकाय चयन हुनुभएको छ । 


प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार, ,  ११ : ०० बजे

प्रतिक्रिया दिनुहोस्