हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अलिख (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ।

अध्यक्ष मण्डलले देशमा आएको बाढी पहिरो तथा हिन्दु धर्मालम्बीहरुको महान पर्व दशै सुरु भएकाले अर्को सूचना जारी नहुँदासम्म सम्मेलन स्थगित गरिएको जानकारी दिएको छ ।तर सम्मेलनमा उपस्थित प्रतिनिधिले भने उमेरहद लागू गर्ने या नगर्ने भन्ने विषयमा देखिएको विवाद समाधान नभएपछि सम्मेलन स्थगित गरिएको दाबि छ ।

यही असोज १० गदेखि काठमाडौंमा सुरु भएको सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने भन्ने विषयमा विवादले उग्ररुप लिएसंगै बन्दसत्र स्थलमै झडप र कुर्सी हानाहान भएको थियो।त्यसलगत्तै अध्यक्ष मण्डलले अनिश्चित कालसम्म सम्मेलन स्थगित गरेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार, ,  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्