हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

एजेन्सी । फोटोकपि मेसिनमा मूख्य ३ भाग हुन्छन्, ड्रम, टोनर र डेभलपर । मेसिनको सबभन्दा माथिल्लो सतहमा सक्कल कागज राखिन्छ र बटन थिच्ने गरिन्छ । बटन थिचेपछि मेसिनको एक्सपोजर ल्याम्प बल्छ । एक्सपोजर ल्याम्पको प्रकाशले मेसिनमा रहेको क्यामरामा सक्कल कागजको अक्षरलाई पुग्न मद्यत गर्छ ।

क्यामराले प्रकाश परिवर्तन प्रक्रियाद्वारा अक्षरलाई ड्रमको घुमाइसँगैं ड्रममा पुग्ने काम गर्छ । यसको साथमा टोनर र डेभ्लपरको रोलर पनि चलिरहेको हुन्छ । रोलरले ड्रमलाई छोएको हुन्छ । रोलरमा चुम्बकिए शक्ति पनि हुन्छ । त्यही शक्तिले फलामका स–साना कण र मसी चार्ज कोरोनद्वारा अक्षरलाई छायाँमा राख्ने कार्य हुन्छ ।

उक्त छायाँ पेपर सेटमा राखिएको खाली कागजमा सर्छ । त्यही समयमा कागज निस्कने अन्तिम भागमा रहेको हिटरले कागजमा रहेका अक्षरलाई टाँसिदिन्छ । त्यसपछि सक्कल कागजको दुरुस्त प्रतिलिपि आउँछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : १७ बजे

प्रतिक्रिया दिनुहोस्