हामी परिक्षण प्रसारणमा छौ



फागुण २७, सल्यान । केन्द्रमा जस्तै सल्यानमा माओवादी केन्द्र र नेकपा (एमाले) ले छुटाछुट्टै कार्यालय स्थापना गर्दै पार्टीको बोर्ड राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सम्बद्ध कार्यकर्ताले बुधबार सल्यान सदरमुकाम स्थित मदन आश्रित स्मृति प्रतिष्ठान (रातोघर) को भवनमा र नेकपा माओवादी केन्द्रले पनि पहिलेकै स्थानमा जिल्ला पार्टी कार्यालय लेखेको बोर्ड रोखेका छन् ।

२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका थिए । नेकपा गठन भएसँगै जिल्ला र १० वटै स्थानीय तहमा नेकपाको कार्यालय स्थापना गरिएको थियो । दुबै पार्टीका जिल्ला स्तरका नेताले अब १० वटै स्थानिय तहमा दुबै पार्टीका आ‐आफ्नै पार्टी कार्यालय रहने जानकारी दिए ।

दुई पार्टी एक भएको तीन वर्षपछि सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै दुबै पार्टीका आ‐आफ्नै कार्यालय खुल्न बाध्य भएको नेकपा (माओवादी केन्द्र) सल्यानका संयोजक कर्ण बहादुर बुढाथोकी (छहारी) ले सल्यानन्युजलाई बताए । यस्तै छुट्टाछुट्टै पार्टी कार्यालय खोल्नु आफुहरुको रहर भन्दा पनि सर्वोच्च अदालतको फैसलाले बाध्यकारी बनाएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष गोबिन्द पुनको भनाई छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार, ,  २ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्