पुस १३, सल्यान । सल्यान सुनचाँदी व्यवसायी समितिको ५औं अधिबेशन बाट रमेश सुनार सर्बसम्मत निर्वाचित हुनुभएको छ।
सनिबार सल्यान श्रीनगरमा सम्पन्न सल्यान सुनचाँदी व्यवसायी समितिको ५औं अधिबेशनमा उपस्थित हुनुभएका समितिमा आबद्ध ६० जना सदस्यहरुको सर्बसम्मत बाट अध्यक्षमा रमेश सुनार,बरिस्ठ उपाध्यक्षमा मोहनलाल सुनार,प्रथम-उपाध्यक्षमा स्यामलाल सुनार,द्वितीय-उपाध्यक्षमा बिजय सुनार,महासचिवमा सबिन सुनार,सचिबमा सुमन बिक,कोषाध्यक्षमा होते सुनार।चयन हुनुभएको छ।
यसैगरी बरिस्ठ सदस्यमा खिम बहादुर सुनार र सदस्यहरुमा भिम बहादुर महर,राजेश सुनार,अर्जुन सुनार,सुमन बिक,संजिब बिक,टिके सुनार,हरिनारायण बिक,यादव सुनार र किरण बिक गरि १७ जना सर्बसम्मत बाट निर्वाचित हुनु भएको छ ।
सल्यान सुनचाँदी व्यवसायी समितिको बिधान अनुसार निर्वाचित कार्यसमिति १७ जनाको हुने व्यवस्था रहेको र १ जना सदस्यलाई अध्यक्षले मनोनीत गर्ने र १ जना सदस्यलाई कार्यसमितिले मनोनीत गरि जम्मा १९ जनाको कार्यसमिति हुने ब्यहोरा निर्वाचन समितिका संयोजक वीर बहादुर सेजवालले बताउनुभयो ।