हामी परिक्षण प्रसारणमा छौ



सल्यान,दार्मा । सल्यानको दार्मा गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न भएको छ ।केही बजेट तथा योजना संशोधन र बजेट तथा कार्यक्रमको समिक्षा सहित महत्वपूर्ण निर्णयहरु सर्वसम्मत पारित गर्दै बुधवार गाउँसभा सम्पन्न भएको हो ।
१६औँ गाउँसभा तथा हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार गाउँपालिकाको चालू आर्थिक बर्षमा ३९करोड ६० लाख ६४हजार ३३८ रुपैया अनुमानित आय रहेकोमा हाललसम्म १७ करोड ५४ लाख ८५हजार २५६रुपैया मात्र आम्दानी भएको छ अर्थात ४४.०३प्रतिशत मात्र आम्दानि भएको छ ।
चालू आव मा रु ३९ कराेड ६० लाख ६४ हजार ३३६ नै व्य अनुमान गरियकाे मा चालू आ व काे पहिलाे अर्धवार्षिक अवधिमा रु १२ कराेड ८० लाख ७९ हजार ३६७ अर्थात कुलवजेट काे ३२.३३ प्रतिसत बजेट खर्च भयकाे छ ।भने पुजिगत तर्फ करोड १३ .०२ प्रतिसत र चालू तर्फ ३९.५९ प्रतिसत खर्च भएकाे छ ।


चालु आर्थिक वर्षमा संचालन भएका योजना कार्यक्रमका सन्दर्भमा समिक्षा र छलफल गर्दै विभिन्न निर्णयहरु सर्वसम्मत रुपमा पारित गरेको गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रेशम वलीले जानकारी दिनुभयो । सो अवसरमा गाउँसभाका अध्यक्ष निम वहादुर बहादुर केसी गाउँपालिकाका योजना र कार्यक्रम कार्यान्वयनका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले हाल सम्म सबै गाउँसभाका सदस्यहरुको एकताबद्ध साथ र हातेमालोमा हरेक निर्णयहरु हुँदै आएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरे ।
सभामा गाउँसभा उपाध्यक्ष जुना मल्ल चन्दले ९५ लाख ९२ हजार संशोधित बजेट प्रस्ताव पेश गरेकी थिइन् । गाउँसभामा दार्मा गाउपालिकाका कार्यपालिका सदस्य धनिराम नेपाली सभा सदस्य तेजि कामी जय वहादुर खड्का लगायतले आफ्नो भनाई प्रस्तुत गरेका थिए ।


स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा प्राथमिकताका साथ प्रभावकारी र गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिदै सहभागिहरुले चालु वर्षमा बाँकी बजेटको प्रभावकारी उपयोग गरी विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए । गाउँसभा सदस्य देव बहादुर राेकाय लगाएतले गाउँसभा बैठकमा प्रस्तुत एजेण्डाहरुमाथी छलफलमा भाग लिदै आवश्यक सुझावहरु प्रदान गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार, ,  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्