सल्यान । सल्यानका कालिमाटी गाउँपालिका र छत्रेस्वरि गाउँपालिकाले २०८१ माघ ३ गते एकैपटक सहिद परिवार र घाइते अपांगको लागि शहिद स्मृति भत्ताको लागी आव्हान गर्दै सूचना जारी गरेका छन् ।
छ्त्रेस्वरि गाउँपालिकाका प्रबक्ता फौद बस्नेतका अनुसार कर्णाली प्रदेशको सहिद स्मृति भत्ता वितरण कार्यबिधि २०८१ दफा २ को (झ) अनुसार आवस्यक कागजात सहित १५ दिन भित्र आएर निबेदन दिन सकिनेछ।
यसैगरी बनगाड कुपिन्डे नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जगत बहादुर घर्तीले आफुहरुले पनि कर्णाली प्रदेशको सहिद स्मृति भत्ता वितरण कार्यबिधि अनुसार आवस्यक निर्णय गरेको सल्यानन्युजलाई जानकारी दिनुभयो ।
कार्यबिधि अनुसार भत्ता वितरण भएको छ, कि छैन ? भनेर सल्यानन्युजले १० वटै पालिकामा केहिदिन पछि स्थलगत रिपोर्टिङ गर्ने तयारी गरेको समाचार शाखाले जनाएको छ।:हेर्नुहोस् सूचना :