सल्यान। सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र जिल्लाका पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
आइतवार जिल्ला प्रशासन कार्यालयमा भर्खरै सरुवा भएर आउनुभएको प्रमुख जिल्ला अधिकारी साबित्रा पुन र जिल्लामा क्रियाशिल पत्रकारहरुका बिचमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी पुनले पत्रकारसँगको समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ । सल्यानको पत्रकारिताको इतिहास गौरवगर्न लायक रहेको चर्चा गर्दै उहाँले सुचना लिने र दिने सन्दर्भमा तादम्यता नमिल्दा समस्या हुने भएकाले पत्रकारसँगको सहकार्य निरन्तर अघि बढ्ने बताउनुभयो । उहाँले आफु सल्यान रहदाँ सम्म आमनागरिकले महशुस गर्ने गरी शान्तिसुरक्षाको प्रबन्ध मिलाउने बताउनुभएको छ ।