सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर -३ स्थित खड्गदेवी आधारभुत बिद्यालयमा सोमबार बसन्त श्रीपञ्चमीको अवसरमा बिद्यालयलाई आर्थिक तथा अन्य सामाग्री सहयोग गर्ने दाताहरुलाई बिद्यालयले सम्मान गरेको छ ।
सोही वडाको तल्लो बजार निवासि शैलेन्द्र कुमार शाक्य सपरिवार, लक्ष्मण शाक्यको परिवार र यमुना, ललिता, पबिता रेनुका र साम्रागी शाक्यलाई सम्मान गरिएको छ। यसैगरी बालाजु काठमाडौं निवासी पुर्णरत्न बज्राचार्य सपरिवार दान दाताले दिएको नगत तथा जिन्सी गरेर करिब साढे ५ लाख बढी रुपैया दान गर्ने दाताहरुलाई प्रधानाध्यापक टिकाराम खड्का , बिब्यस अध्यक्ष मौसम दास श्रेष्ठ र प्रमुख अतिथि वडा नम्बर -३ का अध्यक्ष तुल्सा भण्डारीले कदर पत्र सहित सम्मान गर्नु भएको थियो।
बिब्यस अध्यक्ष मौसमदाश श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा अध्यक्ष तुल्सा भण्डारी रहनु भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक टिकाराम खड्काले गर्नु भएको हो
उक्त कार्यक्रममा शिक्षक, बिद्यार्थी र स्थानीय वासिन्दाहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।
Error generating audio.