सल्यान । बागचाैर नगरपालिकाको इतिहासमा वडा अध्यक्ष कप अन्तर्गत पहिलोपटक क्रिकेट खेल समावेश गरिएको छ ।

बागचाैर नगरपालिका वडा नम्बर १ को पाँचौ वडा अध्यक्ष कप अन्तर्गत क्रिकेट प्रतियोगिता आज जनकल्याण नमुना मावि थारमारेको खेल मैदानमा सम्पन्न भएको छ । प्रतियोगितामा १ नम्बर वडाका ४ टिमको सहभागीता रहेको थियो ।

जसमा साबिक २ कोटबेत, साबिक १ गैराबेत, साबिक ३ ठिङ्बाङ जिउला र सरस्वती शारदा आवि ठिङ्बाङले सहभागीता जनाएका थिए । फाइनल खेलमा साबिक ३ ठिङ्बाङ जिउला टिम ८ विकेटले बिजेता भएको छ भने साबिक १ गैराबेत टिम उपबिजेता बनेको छ ।

वडा स्तरमा क्रिकेट खेल संचालन गर्न विभिन्न समस्या र चुनाैतिहरु भएपनि यसलाई सफल बनाउन बागचाैर नगरपालिका वडा नम्बर १ परिवार र खेलाडीहरुले देखाउनुभएको तदारुकता तारिफ योग्य रहेको वडा अध्यक्ष गंगाराम बस्नेतले सल्यानन्युजलाई बताउनुभयो ।

Error generating audio.

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार, ,  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्