सल्यान । बागचौर नगरपालिका वडा नं-१२,स्थित बालजागृत आधारभूत विद्यालयका प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगरपालिका वडा नम्बर -१२,का वडा अध्यक्ष स्वर्गीय वीरबहादुर ओली को सालिक अनावरण तथा श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्यालय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेकबहादुर डिसीको प्रमुख अतिथ्यता,नेपाल शिक्षक महासङ्घ बागचौर नगर समिति अध्यक्ष रेशमबहादुर ओलीको विशिष्ट अतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।

कार्यक्रममा अतिथिहरू वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम ओली, निवर्तमान वडा अध्यक्ष दीपक ओली,वडा नम्बर ११ का वडाध्यक्ष केशबहादुर भण्डारी , एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सल्लाहकार डा.पूर्ण बहादुर भण्डारी,कर्णाली प्रदेश समिति वरिष्ठ उपाध्यक्ष उमेश कुमार बुढाथोकी ,सदस्य शेरबहादुर डाँगी र जिल्ला समन्वय समिति उपाध्यक्ष रवि किरण ओलीको समेत सहभागीता रहेको थियो।

यसैगरी सदस्यहरू धनबिर ओली, वीरेन्द्र परियार, लोकबहादुर बस्नेत लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । स्वर्गीय वीरबहादुर ओलीका बुवा देउरुप ओलीको अध्यक्षता र संगठनका १२ नम्बर वडानउपाध्यक्ष विनोद ओलीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सालिकको अनावरण प्रमुख अतिथि टेकबहादुर डिसीले गर्नुभएको थियो। सालिक अनावरण पश्चात बोल्दै प्रमुख अतिथि डिसीले वीरबहादुर सरलाई सम्झनुको सार्थकता उहाँले गरेका सकारात्मक कार्यहरूलाई अनुसरण गरेर मात्र साकार हुने कुरा बताउनुभएको थियो। उहाँको निधनले संगठनलाई अपरणीय क्षति पुगेको बताउँदै उहाँका सपना साकार गर्न सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभएको थियो।

निवर्तमान वडा अध्यक्ष तथा परिवारका सदस्य दीपक ओलीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले उहाँको सपना साकार गर्न लागिपर्नेमा जोड दिनुभएको थियो। वीरबहादुर ओलीको सवारी दुर्घटनामा परी ४६ वर्षको उमेरमा एक वर्ष पहिले निधन भएको थियो।

Error generating audio.

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार, ,  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्