दाङ । सल्यान महोत्सवमा आगलागीबाट क्षति ब्यहोरेका ब्यवसायिलाई तुलसीपुर महोत्सवमा ५० प्रतिशत छुट दिने चेम्बर अफ कमर्स तुलसीपुर निर्णय गरेको छ।

बुधबार दाङको तुलसीपुरमा ‘दोस्रो तुलसीपुर महोत्सव’ बारे आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले उक्त घोषणा गर्नु भएको हो । उहाँले सल्यानमा जारी महोत्सवमा ब्यवसायिले ब्यहोरेको क्षतिले तुलसीपुर चेम्बर परिवार दुखी भएको भन्दै केहि राह्त होस भनेर आफुहरुले स्टल भाडामा उक्त छुट दिएको बताउनु भयो।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फाुगन १ गतेदेखि १६ गतेसम्म हुन लागेको हो ।तुलसीपुर चेम्बरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेलाको तयारी करिब ९० प्रतिशत भएको भन्दै भोलि बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने जानकारी समेत दिनुभयो।

“स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति संरक्षणका लागि फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने जानकारी दिइएको छ ।

यस्तै चेम्बरका उपाध्यक्ष सन्तोष खड्काले महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने छ ।यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बालउद्यान रहने जानकारी दिनुभयो ।

तुलसीपुर चेम्बर अफ कमर्स का अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता पुर्ब अध्यक्ष टोप बहादुर घर्तीको बिशिस्ट आथित्यतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण प्रेस सल्लाहकार गोपाल शर्मा भट्टराइले गर्नुभएको थियो।

Error generating audio.

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार, ,  ३ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्