सल्यान । नेकपा का महासचिव विप्लव सीले नेपाली जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन आवश्यक भएको बताउनु भएको छ।
महासचिव विप्लवले जनयुद्ध भनेको जनताको न्यायपूर्ण युद्ध भएको टिप्पणी गर्दै इतिहासप्रति इमान्दार नहुनेहरुले अहिले जनयुद्धको विरोध गरेको बताउनु भयो। जनयुद्धको समयमा आधार क्षेत्र राप्तीमा २३ वटा स्कुल, ५ वटा हस्पिटल,१९ वटा सहकारी, १ वटा बैङक, कम्युनहरु राम्रोसंग चलेको स्मरण गर्दै ती कोही पनि असफल नभएको दाबी गर्नुभयो ।
महासचिवले जनयुद्धको समयमा विदेशीयका युवाहरु समेत नेपाल आउने अवस्था थियो, रोल्पाको सहिद मार्ग बनाउदा विदेशी समेत बाटो खन्न आएका स्मरण गर्नुभयो । महासविच विप्लवले भन्नुभयो, ‘अहिले देशमा उल्टो भयो, सबै युवाहरु विदेशीन थाले, गाउँमा बुढाबुढी मात्र छन्, विदेशमा गएर अर्काको झाडु पुछा लगाउन तयार हुने तर नेपालमा श्रम गर्न नचाहने अवस्था भयो । यो बदल्नु पर्छ । यो राष्ट्रिय बहसको विषय बनाउनु पर्छ ।’
३० औँ जनयुद्ध दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा विपिन भण्डारी मेमोरीयल पार्क उद्घाटन तथा बेपत्ता योद्धा विपिन भण्डारीको सालिक बिप्लव,पुर्ब मन्त्री टेक बहादुर बस्नेत र बेपत्ता याेद्धा विपिन भण्डारीका बुवा एकराज भण्डारी,बिपिनको आमाले संयुक्त रुपमा अनावरण गर्नुभएको थियो।
Error generating audio.