सल्यान । नेकपा (माओवादी केन्द्र) कपुरकोट गाउँ समिति द्वारा सञ्चालित मौलिक “पार्टीको जग निर्माण तथा संगठन सुदृढीकरण अभियान” अन्तर्गत आज वडा नं २ मा महत्वपूर्ण कार्यक्रमहरू गरेर मनाएको छ।

कार्यक्रमको पहिलो चरणमा वीरेन्द्र माध्यमिक विद्यालय गर्पालाई पार्टीका तर्फबाट प्लस टु सञ्चालनार्थ सञ्चालित आर्थिक सङ्कलन अभियानमा रु ५२ हजार आर्थिक सहायता गरिएको छ । दोस्रो चरणमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। अगुवा कार्यकर्ता भेलामा कपुरकोट गाउँपालिका वडा नम्बर १ र वडा नं २ का अगुवा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

महान जनयुद्ध दिवसको अवसर पारेर वडा नम्बर १ र २बाट दर्जन बढी नेता कार्यकर्ता नेकपा एमाले र स्वतन्त्र परित्याग गरी ने क पा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। नवप्रवेशी कमरेडहरूमा नेकपा एमाले परित्याग गरी कृष्णबहादुर बस्नेत, वडा नम्बर २ बाट मेघराज थापा, चन्द्रमा सिरिस, पम्फा सिरिस, अनिता सिरीस, स्वतन्त्रबाट गीता पुन र भीमबहादुर घर्ती हुनुहुन्छ भने वडा नम्बर १ बाट नेकपा एमाले परित्याग गरी दलबहादुर घर्ती, सुलभ बिक, राजकुमार घर्ती, दलबहादुर बिक, अर्जुन बिक , गणेश बिक लगायत हुनुहुन्छ ।

माओवादी प्रवेश गतेकालाई खादा तथा टीका आवरण सहित पार्टीमा समाहित गरिएको छ । आजै वडा नम्बर १ कमिटीको बैठक बसी पार्टीका अगुवा नेतृत्वहरूद्वारा सहिद परिवार भेटघाट तथा जनयुद्ध कालमा पार्टीमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका र हाल पारिवारिक व्यवस्थापनमा रहनुभएका अगुवा कमरेडहरूसँग समेत भेटघाट र भलाकुसारी गरेर मनाएको छ। यो अभियान निरन्तर रहेको माओवादी केन्द्रका कपुरकोट गाउँपालिका अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।

 

 

Error generating audio.

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार, ,  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्