सल्यान । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, कर्णाली प्रदेश सह-इन्चार्ज तथा पुर्व मन्त्री टेक बहादुर बस्नेतले जनवादि गणतन्त्र र बुर्जुवा गणतन्त्रको बिचमा हाल तानातानको स्थिति पैदा भएको बताउनु भएको छ।
बिहिवार बागचौरमा बिपिन भन्डारी फाउन्डेसनले आयोजना गरेको जनयुद्ध दिवसको अवसरमा बिपिन भण्डारीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्न उपस्थित हुनु भएका पुर्व मन्त्री बस्नेतले तानातानले देशको बिकास नहुने बताउनुभयो।
यस्तै पुर्व मन्त्री समेत रहनुभएका बस्नेतले माओवादी आन्दोलन र आफुहरुले गणतन्त्र ल्याएको भएपनी नेपाली जनताले सुख नपाएको बताउनुभयो। त्यो बुर्जुवा वर्गले उतै आफू तिर तान्न खोज्ने छ र हामिले आफुले तान्न खोज्ने छौ भन्ने कुराको अनुमान २०६२ सालको चुनवाङ बैठकमा अनुमोदन भएको बताउदै यसप्रति सचेत हुने समय आएको बताउनु भयो।
Error generating audio.