सल्यान । सल्यानको दमाचौरमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले आइतबार छत्रेश्वरी गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङशिल्ड तथा चौथो गाउँपालिका अध्यक्ष कपको समुद्घाटन गर्नुभयो ।

गाउँपालिका अध्यक्ष कप अन्तर्गत अन्तर वडा स्तरिय भलिवल, व्याडमिन्टन, लोक गित र लोक नृत्य प्रतियोगिता समावेश छन् भने राष्ट्रपति रनिङशिल्ड अन्तर्गत अन्तरमाध्यमिक विद्यालय स्तरिय छात्रछात्राको भलिवल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टका खेलहरु समावेश गरिएका छन् ।

भानुभक्त माविको खेल मैदानमा उद्घाटन भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति सल्यानका प्रमुख रावलले परिश्रमि खेलाडी उत्पादनका लागि यस प्रकारका प्रतियोगिताले महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावतले खेलकुद विकासमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष फौद बहादुर वस्नेत, वडा नं १ का वडाध्यक्ष प्रकाश हमाल, २ का वडाध्यक्ष प्रेम बहादुर नेपाली, ३ का वडाध्यक्ष तिर्थराज दाहाल, ४ का वडाध्यक्ष छविलाल खत्री, ६ का वडाध्यक्ष टिकाराम बुढा, ७ का वडाध्यक्ष टेक बहादुर विष्ट, नेपाली काग्रेस छत्रेश्वरीका सभापति सिता केसी, नेकपा एमाले सल्यानका सचिवालय सदस्य टोप बहादुर चन्द, राप्रपाका प्रतिनिधी रामचन्द्र चन्द, शारदा क्याम्पस शंखमुलका अध्यक्ष राज बहादुर बुढाथोकी, शारदा मावि शंखमुलका प्रअ जित बहादुर भण्डारी लगाएतले मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

७ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा मौलिक, परम्परागत, ऐतिहासिक सोरठी, हुड्केली नाच तथा अन्य सांस्कृतीक प्रस्तुतीहरु समेत राखिएको थियो । कार्यक्रममा भुमी आयोग सल्यानका सदस्य ज्ञान बहादुर खड्का, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव डिल्ली प्रसाद जैशी, करातेका अन्तराष्टिय रेफ्री चित्र राना, खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्य, समितिका छत्रेश्वरी गाउँपालिका अध्यक्ष सुरेन्द्र चन्द, विभिन्न जिल्लास्तरिय खेलकुद संगठनका अध्यक्षहरु, गाउापालिकाका विभिन्न शाखा प्रमुखहरु, विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, सामुदायीक वन महासंघका प्रतिनिधी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।

गाउँपालिशाका शिक्षा शाखा प्रमुख केशर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रेस सल्लाहकार शंकर केसीले गर्नुभएको थियो ।

Error generating audio.

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार, ,  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्