सल्यान। जनतासंग माओवादी अभियान अन्तर्गत नेकपा( माओवादी केन्द्र) जिल्ला समन्वय समिती सल्यानकाे आठाै पुर्ण बैठक सम्पन्न भएको छ।
नेकपा( माओवादी केन्द्र) केन्द्रीय समिती सदस्य तथा कर्णाली प्रदेश सह ईन्चार्ज टेक वहादुर वस्नेत नेकपा( माओवादी केन्द्र)कर्णाली प्रदेश समिती अध्यक्ष विमला के.सि.को समेत उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैठकमा जिल्ला संयाेजक मान वहादुर मल्लले प्रस्तुत गर्नुभएको ६ महिने जनतासंग माओवादी अभियानकाे कार्ययाेजना सर्वसम्मत रुपमा पारित भयकाे छ।
पार्टीका केन्द्रीय समिती सदस्य तथा कर्णालीका पुर्ब मन्त्री भिम प्रकाश शर्मा (रमेश कोइराला),केन्द्रीय सदस्यहरु नेब बहादुर कंवर (विवेक),रत्न बहादुर वली(तुफान),टीका बुढाथाेकी(झरना) को समेत उपस्थिति रहेको थियो ।
यसैगरी कृति वहादुर पुन (प्रकान्ड),रमेश मल्ल,तिलकराज भण्डारी,निम वहादुर के.सी (अरुण),दिलमाया बुढा,टिकाराम वली,तिलक मल्ल,चित्र वहादुर के.सी,केन्द्रीय सल्लाहकार उमाकान्त शर्मा पार्टी प्रदेश उपाध्यक्ष कर्ण वहादुर वुढाथाेकीकाे विशेष उपस्थिती उक्त बैठक सम्पन्न भएको छ्त्रेस्वरी गाउँपालिकाका पार्टी अध्यक्ष हिमाल योगी(यात्री)ले जानकारी दिनुभयो ।
उक्त बैठक सल्यान जिल्लाका १० ओटै पालिका वाट पालिका अध्यक्षहरुले रिपाेटिङ्ग गरियकाे थियाे। यसैगरी बैठकको म्यान्डेट अनुसार आज शारदा नगरपालिका र यहि फागुन १० गते बागचौर नगरपालिकाको र छ्त्रेस्वरी गाउँपालिका बैठक लान्तिमा आव्हान गरिएको छ।
Error generating audio.